![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र महान्यायाधिवक्ता डा दिनमणि पोखरेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न आदेश गरेको छ ।
न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले आज गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध अधिवक्ता अनुपम भट्टराईले पेस गरेको रिट निवेदन दरपीठ गर्ने आदेश खारेज गर्दै दर्ता गर्न आदेश गरेको हो ।
अधिवक्ता भट्टराईले महान्यायाधिवक्ता कार्यालयबाट गृहमन्त्री रवि लामिछानेको नाममा जारी भएको पत्रको वैधतामाथि प्रश्न उठाई सर्वोच्च अदालतमा रिट निवेदन पेस गरे ।
FACEBOOK COMMENTS