काठमाडौं, चैत १०- उद्योगपति वसन्त चौधरीले सरकारले घोषणा गरेको कोरोना संक्रमण नियन्त्रण कोषमा १ करोड सहयोग गर्ने घोषणा गरेका छन् ।
कोरोना संक्रमण नियन्त्रण कोषमा नर्भिक तथा वसन्त चौधरी फाउन्डेसनको तर्फबाट १ करोड सहयोग गर्ने घोषणा उनले सामाजिक संजाल ट्विटर मार्फत सार्वजनिक गरेका हुन् । उनले ५० लाख नगद र बाँकी ५० लाखबराबरको अत्यावश्यकीय मेडिकल सप्लाइज उपलब्ध गराउने जनाएका छन् ।
FACEBOOK COMMENTS