काठमाडौं । समयले कुनै बेला प्रश्न गर्यो, के गर्न सक्छस् ? मैले समयलाई एक सलाम ठोकेँ र भनेँ, जिन्दगीको सबै परीक्षा दिन तयार छु । फेरि हाँस्दै सोध्यो, हारिस् भने…..?
बढो दम्बका साथ भनेँ, भुइँबाट उठेको मान्छे हुँ, त्यसैले मेरा लागि हार र जितले खासै प्रवाह राख्दैन । जे आइलाग्छ, त्यही स्वीकार्य छ । यो संवाद प्रदीप गुरागाइँले आफ्नै जिन्दगीसँग गरेको संवाद हो । आफूले बाँचेको समयसँग गरेको संवाद हो । सर्लाहीको माटोमा जन्मिएर यही देशको सेवामा लागेका गुरागाईंले अहिले जिन्दगीका ४० शिशिरहरू बिताइसकेका छन् ।
मान्छे समयको साधक हो । समय मान्छेको निर्देशक हो । मान्छेले आफूलाई समयानुकूलित बनाउन सक्यो भने मात्र सफलताको सिँढी चढ्न सक्छ । गुरागाईंको जीवनको आरोह अवरोध पनि सामान्य छैन । उनी के बन्न चाहे, के बने । अहिले व्याख्या गर्न सक्दैनन् । मधेशको माटोमा जन्मिएर स्वदेशको सेवामा आफूलाई सुम्पेका उनले आफूलाई जहिल्यै सङ्घर्षको बाटोमा हिँडाइरहे ।
सहज थिएन, तराईमा जन्मिएर हुर्कनका लागि नेपालमा । त्यसमाथि अहिलेको मधेश प्रदेश । पारिवारिक हिसाबले पनि उनले सानै उमेरमा जागिर खानुपर्ने बाध्यता थियो । उनले जागिर खानकै लागि नेपाली सेनामा भर्ती भए । माओवादीको सशस्त्र युद्ध चलिरहेकै थियो त्यतिबेला । त्यस्तो बेलामा सैन्य जिन्दगी बिताउनु भनेको मृत्युलाई हत्केलामा बोकेर हिँड्नु हो । उनले मृत्युको पर्वाह गरेनन् र सेनामा आफूलाई सुम्पिए ।
नेपाली सेनामा रहेर काम गरेका गुरागाईँले साँढे १९ वर्षसम्म आफूलाई देशको सेवामा समर्पण गरे । उनले जागिर खानकै लागी १८ वर्षको कलिलो उमेरमै सिपाही भएर नेपाली सेनामा भर्ती भए । आफ्नो जिन्दगीको करिब दुई दशक देशको सेवामा सुम्पिसक्दा पनि उनि थाकेका छैनन् । अहिले एस एस एकेडेमी बाट गुरागाईंले देशमै युवा टिकाउने अनवरत संघर्ष गर्दै छन् ।
के हो एसएस एकेडेमी ?
कलिला युवा जनशक्ति जो देशका मानव संसाधन हुन् । उनिहरूले नै देशमा भविष्य देख्न छोडेपछि देश प्रगति हुने त कुरै भएन । यसै सन्दर्भमा एस एस एकेडेमीको स्थापना भयो । एस एस एकेडेमीले भविष्य खोज्दाखोज्दै रूमलिरहेका युवाहरूलाई बाटो देखाउने मार्ग दर्शक बनेर काम गरिरहेको छ । विदेशिने लर्कोलाई केहि हद भए पनि देशमै थेग्न सके अब सक्षम देश बनाउने निती निर्माता तय गर्न सकिन्छ ।
त्यसको लागी एस एस एकेडेमीमा सैन्य क्षेत्रका सम्पुर्ण तयारी कक्षाहरू सञ्चालन गरिन्छ । अधिकृत क्याडेट, प्राविधिक अधिकृत, लेखा उप सेनानी, लेखा जमदार, अमल्दार कर्मचारी, प्रा.अ.म मेडिकल पदिक तथा बिल्लादार लगायतका सैन्य जवानको ढोका सम्म पुग्ने सारथी हो एस एस एकेडेमी ।
विदेशी सपना देख्नेहरूको भिडम हुने त्यहि बागबजारमा अहिले देशमै केहि गर्छु भन्नेहरूको भिड देखिने ठाउँ बनेको छ । यहाँको पारिवारिक वातावरणले गर्दा पनि १२ कक्षा पार गरेपछि नै अपिस क्याडेट बन्ने सपना बोकेर आएका पारखीहरू सफल हुने गरेका छन् ।
करिव ९० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल यस एकेडेमीले विद्यार्थीहरूको मात्रै होइन उनिहरूका परिवारको समेत अनुहार उज्यालो बनाउन सफल भएको छ ।
हाल यस एकेडेमीमा सैन्य क्षेत्रका सम्पूर्ण विषयहरू जस्तै, नेपाली सेनातर्फ अधिकृत क्याडेटको साथै, लेखा उपसेनानी, प्राविधिक उपसेनानी, जमदार कर्मचारी, अमल्दार कर्मचारी र सैन्य त्यसैगरी नेपाल प्रहरी तर्फ इन्स्पेक्टर, एएसआई, प्रहरी जवान एवं राष्ट्रिय अनुसन्धान तर्फ अनुसन्धान अधिकृत र अनुसन्धान सूचकका लागि तयारी कक्षाहरू संगसँगै दैनिक फिजिकल एक्सरसाइज र मक (नक्कल) टेस्टहरू पनि गरिने बताइएको छ ।
FACEBOOK COMMENTS