काठमाडौं । इजिप्टले अन्तर्राष्ट्रिय न्यायालयले दिएको आदेशको स्वागत गरेको छ ।
जसले इजरायललाई दक्षिणी गाजान शहर रफाहमा तुरुन्तै आफ्नो सैन्य कारबाही रोक्न भनेको छ ।
इजिप्टले इजरायललाई नरसंहारको अपराधको रोकथाम र सजाय र अन्तर्राष्ट्रिय मानवीय कानूनको ढाँचाभित्र कानूनी दायित्वहरू पालना गर्न आह्वान गरेको छ ।
अदालतको निर्णय गाजा पट्टीको वर्तमान अवस्थासँग मिल्दोजुल्दो रहेको इजिप्टले बताएको छ ।
FACEBOOK COMMENTS