काठमाडौं । सरकारले सहकारीको सञ्चालकको सम्पत्ति बेचेर भए पनि पाँच लाख रुपैयाँसम्मको वचत फिर्ता गर्ने घोषणा गरेको छ ।
आज मंगलबार संसदमा आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन् ।
उनले वचत तथा सहकारी संस्थाको नियमन गर्न नियामक निकाय स्थापना गरिने बताउँदै वचत तथा ऋण सहकारीलाई एक आपसमा मर्ज हुन सहजीकरण गरिने बताए ।
सरकारले समस्यग्रस्त क्षेत्र घोषणा गरेको सहकारीमा पैसा राख्नेहरुको वचत फिर्ता गर्ने घोषणा गरेको छ । ती सहकारीको सञ्चालकको सम्पत्ति बेचेर भए पनि पाँच लाख रुपैयाँसम्मको वचत फिर्ता गर्ने अर्थमन्त्री वर्षमान पुनले बताए ।
सरकारले सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न समस्याग्रस्त सहकारीको सञ्चालक र एक घर परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितो सुरक्षणमा पाँच लाखसम्म वचत राख्ने सदस्यको वचत रकम फिर्ता गरिने घोषणा पनि गरेको छ ।
यस्तै, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको लागि ६ अर्ब ८२ करोड रकम विनियोजन गरिएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्य {LIVE}
FACEBOOK COMMENTS