काठमाडौं । सरकारले आज संसद्मा प्रस्तुत गरेको ‘नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक विधेयक) २०८१’ ले विभिन्न विद्युतीय चुरोट (भेप) मा ४० प्रतिशत अन्तःशुल्क लगाइएको छ ।
सुगन्धित अत्तर (बडि स्प्रे) तथा व्यक्तिगत गन्ध हटाउने र पसिना रोक्ने वस्तुमा १५ रुपैयाँ अन्तःशुल्क लाग्दै आएकोमा त्यसलाई बढाएर २० रुपैयाँ पुर्याइएको छ ।
टायलको रुपमा वा रोलमा रहेका भुई ढाक्ने वस्तु (फ्लोर कभरिङ) को अन्तःशुल्क पाँच प्रतशितबाट बढेर १० प्रतिशत पुगेको छ ।
FACEBOOK COMMENTS