काठमाडौं । सरकारले आज संसद्मा प्रस्तुत गरेको ‘नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक (आर्थिक विधेयक) २०८१’ ले चुरोट सुर्तीमा कर बढाएको छ ।
सरकारले सूर्तीरहित पान मसलामा प्रतिकिलो ८५० अन्तःशुल्क लाग्दै आएकोमा ८७५ रुपैयाँ बनाइएको छ ।
सुर्तीरहित सुगन्धित सुपारीमा प्रतिकिलो ३६५ लाग्दै आएको अन्तःशूल्कलाई ३७५ बनाइएको छ ।
FACEBOOK COMMENTS