काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले देशलाई समृद्ध बनाउने अभिभारा युवाको रहेको बताएका छन् ।
ललितपुर, च्यासलस्थित एमाले मुख्यालयमा राष्ट्रिय युवा सङ्घको तेस्रो पूर्ण बैठकमा उनले युवाले नै देशलाई समृद्ध, आधुनिक, न्यायोचित र शान्तिपूर्ण बनाउनुपर्ने बताए ।
अध्यक्ष ओलीले अहिले समाजमा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न अराजक प्रवृत्तिविरुद्ध युवा लाग्नुपर्नेमा जोड दिए । उनले समाजमा अराजक फैलाउनेविरुद्ध अहिले समाजमा कोही पनि बोल्नेमान्छे नभएको बताए । “हामीले हाम्रो समाज अराजक बनाउने खोजेको होइन । प्रजातान्त्रिक बनाउन खोजेको हो”, उनले भने, “हामी एउटा सभ्य, लोकतान्त्रिक, न्यायपूर्ण र समृद्ध समाज बनाउन चाहन्छौँ ।”
उनले युवामा सत्य र निष्ठाका साथ अथाडि बढ्न सक्ने क्षमता हुने भन्दै अनावश्यक सम्झौता नगर्न समेत आग्रह गरे । उनले उद्यमशीलता युवाको विशेषता रहेको भन्दै अहिलेदेखि योजनाबद्ध ढङ्गले काम गर्नुपर्ने भनाइ राखे ।
अध्यक्ष ओलीले एमालेले २०८४ सालको निर्वाचनमा अत्यधिक बहुमत ल्याउनुपर्ने भन्दै त्यसमा युवाको जिम्मेवारी ठूलो रहेको बताए ।
FACEBOOK COMMENTS