काठमाडौ । ह्वावे द्वारा आयोजित, ‘सीड्स फर द फ्युचर नेपाल २०२४’ कार्यक्रमको दर्ता खुलेको छ ।
स्नातक तहका विद्यार्थीहरू www.seedsnep.com वेबसाइट मार्फत आफ्नो नाम जून ९ सम्म दर्ता गर्न सक्छन् । हयात प्लेसमा आयोजित ‘सीड्स फर द फ्युचर नेपाल २०२४’ को उद्घाटन कार्यक्रमका लिग दर्ता खुला गरेको हो ।
‘सिड्स फर द फ्युचर’ नेपालमा लगातार आयोजना गरेको यो ह्वावेको चौथो वर्ष हो । यस बृहत् कार्यक्रममार्फत ह्वावेले नेपालमा आईसीटी पारितन्त्र प्रवर्द्धन डिजिटलाइजेशन, नवप्रवर्तन, उद्यमशीलता, र दिगोपनको सेशनद्वारा गरेको छ ।
कार्यक्रमको उदघाटन ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत ह्वांगजुनकोले गर्नेछन् । नेपालका लागि चीनका राजदूतस एच ई चेन सोङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवस विश्वबाबु पुडासैनी, काठमाडौं विश्वविद्यालयका उपकुलपतिस भोला थापाको उपस्थितिले कार्यक्रमलाई भव्य बनाएको थियो। कार्यक्रममा अन्य सरकारी अधिकारीहरु, विभिन्न विश्वविद्यालयका डीन तथा प्राध्यापकहरु तथा विभिन्न संस्थाका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो।
नेपालका लागि जनवादी गणतन्त्र चीनका असाधारण र पूर्ण शक्तिका राजदूत महामहिम चेन सोङ्गले भने, “ह्वावे नेपालमा २५ वर्षदेखि राम्रोसँग कनेक्टेड विश्व निर्माण गर्न समर्पित छ । ‘सीड्स फर द फ्युचर कार्यक्रम’ नेपालमा युवा प्रतिभाको पालनपोषण र नवप्रवर्तनको लागि एउटा ज्वलन्त उदाहरण हो । यो नवप्रवर्तन पहलले ज्ञान विस्तार र क्षमता निर्माणलाई प्रतिबिम्बित गर्दछ, जुन कुनै पनि समाजको उन्नतिको लागि महत्त्वपूर्ण छ ।”
FACEBOOK COMMENTS