काठमाडौं । अर्थमन्त्री वर्षमान पुन नभएपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।
आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्यवको वार्षिक अनुमानमाथिको सामान्य छलफल छलिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले अर्थमन्त्रीको उपस्थिति खोजेपछि संसद बैठक स्थगित भएको हो ।
छलफलमा भाग लिन रोष्ट्रममा पुगेका लिङ्देनले आफ्नो आँखाले अर्थमन्त्रीलाई नदेखेको र अन्य मन्त्रीहरू समेत नभएको बताएपछि सभामुखले राष्ट्रिय सभामा भएको जानकारी दिँदै अघि बढ्न आग्रह गरे, तर नेता लिङ्देनले अर्थमन्त्री नआएसम्म छलफलमा भाग नलिने भन्दै रोष्ट्रममा उभिइरहे ।
उनले अर्थमन्त्री नआउञ्जेल संसद बैठक ब्रेक गर्न अनुरोध गरे तर सभामुखको आसनमा रहेकी उपसभामुख इन्दिरा रानाले अर्थसम्बन्धी टुक्काका साथमा कुरा सुरू गर्न आग्रह गरिन् । त्यत्तिकैमा एमालेका सांसद दयालबहादुर शाहीले सभामुखसँग दोहोरी नखेल्न आग्रह गरे । त्यसपछि राप्रपाका सांसद ज्ञानेन्द्र बहादुर शाहीले नियमावली अनुसार अर्थमन्त्रीविना छलफल हुन नसक्ने र अर्थमन्त्री खोज्दा दोहोरी नहुने बताए ।
त्यसपछि सभामुख आसनमा आएर सभामुख देवराज घिमिरेले राष्ट्रिय सभा र प्रतिनिधि सभा एकैसाथ चल्दा यस्तो समस्या आएको र अर्थमन्त्रीले राष्ट्रिय सभामा जवाफ दिइरहेको जानकारी दिँदै १५ मिनेटका लागि बैठक स्थगित गरे ।
दलितले छोएको भोट, नोट, श्रम, शीप र जवानी पनि चल्ने तर पानी किन नचल्ने ?
FACEBOOK COMMENTS