काठमाडौं । कान्तिपुर र पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड (सहकारी)को रकम अपचलन गरेको आरोपमा पक्राउ परेका सीबी (चन्द्र बहादुर) लामा जेल चलान भएका छन् ।
कान्तिपुर सेभिङका पूर्वध्यक्ष समेत रहेका लामालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएसँगै केन्द्रीय कारागार सुन्धारा पठाइएको छ ।
उनीमाथि कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेड र पशुपति सेभिङ एण्ड क्रेडिटका बचतकर्ताको करिब ८ अर्ब रुपैयाँ रकम अपचलन गरेको आरोप छ । उनलाई यही जेठ १८ गते पक्राउ गरिएको थियो ।
यो पनि पढ्नुहोस्–
सुधीर, सीबी र इच्छाराजको कथा ‘फिल्म’ बनाउनलायकको छैन त ?
FACEBOOK COMMENTS