काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले १५ प्रतिशत बोस शेयर आफ्नो शेयरधनीको खातामा पठाएको छ ।
कम्पनीको चैत २३ गते सम्पन्न ५७औं वार्षिक साधारण सभाले चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही शेयर शेयरधनीको खातामा पठाएको कम्पनीले बताएको छ ।
कम्पनीको बोनस शेयर जेठ २१ गते धितोपत्र दोस्रो बजारमा सूचीकृत गरी कम्पनीले सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा जम्मा गरेको जनाएको छ ।
चैत ८ गतेसम्म कायम शेयरधनीरूले मात्र कम्पनीको बोनस शेयर प्राप्त गरेका छन् । चैत ८ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा बोनस शेयर समेत कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममा नै रोक्का जनाई जम्मा गरिएकाले राफसाफ भैसकेको भए फुकुवा गर्न समेत कम्पनीले भनेको छ ।
हाल बोनस शेयर हितग्राही खातामा नै जम्मा हुने भएकाले हालसम्म पनि हितग्राही खाता नखोलेका सदस्यहरूलाई यथाशीघ्र डिम्याट खाता खोली आफ्नो बोनस प्राप्त गर्न कम्पनीले आग्रह गरेको छ ।
कम्पनीको शेयर रजिष्ट्रारमा एनआईएमबि एस क्यापिटल लिमिटेड लाजिम्पाट रहेको छ ।
FACEBOOK COMMENTS