काठमाडौं । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठसहितको प्रतिनिधिमण्डलले आज काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसँग भेटघाट तथा आगामी बजेटबारे छलफल गरेको छ ।
महानगरपालिकाको कार्यालय कमलादीमा भएको भेटमा संघले महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ल्याउने बजेटमा आफ्ना सवालहरूलाई पनि समेट्न आग्रह गरेको छ । महानगरको बजेटपूर्वको भेटघाटलाई संघले अत्यन्तै महत्वपूर्ण रूपमा लिएको भन्दै संघले संघसँग सहकार्यका लागि विभिन्न १० बुँदे सुझावहरूसमेत पेश गरेको छ ।
महानगरपालिकाभित्रका उद्योग व्यवसायको अभिलेख राख्ने, दर्ताका लागि आफूहरूले सहकार्य गर्न चाहेको भन्दै संघले व्यवसाय दर्ताशुल्क कम गरी, दर्ता विस्तार गर्ने र सङ्कलित रकमको केही प्रतिशत संघलाइ प्रदान भएमा संघले दर्ताको अभिलेख राखी जिल्लाको माग आपूति, जनसङ्ख्याबारे प्राप्त तथ्याङ्ग सार्वजनिक गर्ने कार्यमा सहकार्य गर्ने जनाएको छ ।
हेर्नुहोस् सहकार्यका लागि संघले प्रस्तुत गरेको सुझावहरू–
श्री सुनिता डंगोलज्यू,
उपमेयर
काठमाडौँ महानगरपालिका
कमलादी, काठमाडौँ ।विषय: महानगरपालिका संग सहकार्य गर्ने बारे ।
महोदय,
आदरणीय उपमेयरज्यू बाट महत्वका साथ यस संघका कार्यसमिति सदस्यहरू संग छलफल एवं भेटघाटका लागी प्राथमिकता पुर्वक समय प्रदान गर्नु भएकोमा हार्दिक आभार एवं धन्यबाद व्यक्त गर्दछु । समग्र काठमाडौँ जिल्लाको आर्थिक क्रियाकलापमा प्रत्येक्ष रूपमा सक्रिय भूमिका खेल्ने उद्योगी व्यवसायी तथा स्वरोजगार समुहको हक हित कायम गर्दै सहज अवस्था निमार्णका लागि सम्बन्धित निकाय संग सहकार्य गर्न आबश्यक पहल गरी अनुकुल नीतिका लागी पैरबी गर्ने र सबै सरकारी निकायहरू संग मिलेर आर्थिक क्षेत्र चलायमान बनाउन कार्यका लागी विधिवत रूपमा यो संघ गठन भएको हो । सरकार र स्थानिय निकाय संग सहकार्य गर्दै जिल्ला भरका सबै उद्योगी व्यवसायीहरूमा सरकारी नीति नियम बारे जानकारी दिन, चेतना मूलक कार्यक्रम गरी कामगरि खाने वर्गलाई सहज दिन यो संघ प्रतिवद्ध छ । काठमाडौँ महानगरपालिका बाट नागरीकका हितका लागी सम्पन्न गरीएका राम्रा कार्यहरूको प्रसंशा गर्दे आगामी दिनहरू मा यस संघ महानगरपालिका संग मिलेर सहकार्य गर्न यो भेटघाट सहयोगी हुने मा विश्वस्त छौँ ।महानगरपालिकाको निकट भविष्यमा आउने बजेट र बजेट पूर्वको भेटघाटलाई हामीले धेरै महत्वका साथ लिएका छौँ र सहकार्यका लागी केहि कुराहरू बुदाँगत प्रस्तुत गर्दछु ।
1. हामी काठमाडौँ महानगरपालिका संग मिलेर महानगरपालिकाको आर्थिक क्षेत्र उद्योग, वाणिज्य, आपूर्ति, राजस्व, अनुगमन, व्यवसाय दर्ता साथै माग, आपूर्तिका कार्यमा सहकार्य गर्ने अवसरका लागी अनुरोध गर्दछौँ । साथै दैवी विपत्ति का समय पनि साथै मिलेर सहकार्य गर्न चाहन्छौं ।
2. महानगरपालिकाको कर,राजस्व तथा अनुगमन समितिमा यस संघ लाइ पनि समाबेसका लागी अनुरोध गर्दछौँ । बिभिन्न समितिहरूमा प्रतिनिधित्व रहेर स्थानीय ब्यबसायी र जनाताको हित, सहज आपूर्ति, उत्पादन वृद्धिका लागी गरीने कार्यक्रमहरू कार्यन्वयन का लागी सहकार्य गर्न हामी प्रतिबद्ध छौँ ।
3. महानगरपालिका भित्रका उद्योग व्यवसायको अभिलेख राख्ने, दर्ताका लागी सहकार्य गर्न चाहन्छौँ । ब्यबसाय दर्ता शुल्क कम गरी, दर्ता बिस्तार गर्ने र संकलित रकम को केहि प्रतिशत यस संघ लाइ प्रदान भएमा संघले दर्ता को अभिलेख राखी जिल्लाको माग आपूर्ती, जनसंख्या बारे प्राप्त तथ्याङ्ग सार्बजनिक गर्ने कार्यमा सहकार्य गर्न अवसरका लागी अनुरोध गर्दछु ।
4. साना साना व्यवसायीहरूको सुचना प्रविधिमा सहज र सरल पहुँचका लागी यस संघले प्रदेश, स्थानीय निकाय को आर्थिक सहयोगमा निर्माण गर्न लागेको ई एक्स्पो एप (भ् भ्हउय ब्उउ) का लागी महानगरपालिकाको आगामी बजेटमा रु १५लाखको सहयोगका लागी अनुरोध गर्दछौँ । यो एप पिपिपि मोडलमा तयार गर्न लागेको ब्यहोरा अनुरोध छ । यसले स्वरोजगार साना ब्यबसायीहरू पनि प्रबिधि मार्फत ब्यबसाय बिस्तार गर्न मदत गर्ने छ ।
5. घर बहाल कर को दर ५% भएमा कर बिचलन कम भै यथार्त कर असुली हुने ब्यहोरा अनुरोध छ । महानगरपालिकाले संविधानमा उल्लेख भए बमोजिम संकलन गर्ने घर बहाल करको दर कम भए सहि बहाल घोषणा भई राजस्व यथार्थ प्राप्त हुने थियो । घर धनीको अन्तिम आयकर हुने भएकाले हाल प्राकृतिक व्यक्ति र कानुनि व्यक्ति बारे संघ र स्थानीय निकाय बीचको असमझदारी छिटो निक्यौलका लागी पनि अनुरोध गर्दछौँ ।
6. महानगरपालिका भित्र रहने नागरिकको हित र स्वास्थ्यका लागी विक्रीको अनुगमन सहज का लागी भंसार भित्रने बेला नै निगरानी जरुरी छ । आयात कै समय सहि सामान सिमा भित्र आउन दिने र व्यापारीलाई सचेतनामुलक कार्यक्रम संचालन गर्न सहकार्य गर्ने अवसरका लागी अनुरोध छ । जरीवाना र थुन्ने समाधान होइन । काम गरी खाने पनि देशकै नागरीक हुने भएका ले यसमा मिलर सह कार्य गरी समस्या समाधान गर्न जरुरी छ ।
7. व्यवसायी संग सम्बन्धित कर, राजस्व, अनुगमन, का साथै उत्पादन, रोजगार, कौसी खेति, शिपमुलक तालिमहरू का,महानगरपालिकाको सहकार्यमा संचालन गरी सीपयुक्त जनशक्ति र सोको माग बिचको दुरी हटाउने र तालीम प्राप्त जनशक्ति उद्योग ले लिने गरी कार्य गर्न संघ इच्छुक छ ।
8. नागरिकको बासको हक संबिधानले गरेको छ । कम्तिमा देशभर एउटा बस्ने बास घरमा धर बहाल कर छुट गर्ने व्यवस्थाका लागी अनुरोध छ ।
9. बहालकर र व्यवसाय दर्ता शुल्कमा समयमा दर्ता गर्ने हालको घर जग्गा कर समयमा बुझाउनेलाई २५% छुट गरी ढिला बुझाउने र नबुझाएकाहरूको लागी पनि केहि छुट को व्यवस्था हुन अनुरोध छ ।
10. स्वरोजगार महिला उद्यमी व्यवसायीहरूलाई कर, राजस्व, बहाल करमा छुट गरी कृषि र औद्योगिक उत्पादन वृद्धिको आधारमा अनुदान दिई व्यवसायमा प्रोत्साहनका लागी र लागत कम गर्न उत्पादनका आधारमा अनुदान दिने कार्यक्रमका लागी अनुरोध छ । साथै लेखा र राजस्व बारे तालिम दिने र तालिम प्राप्त व्यक्तिबाट व्यवसायीलाई सेवा दिने कार्यमा मिलेर काम गर्न गराउन अनुरोध छ ।
आशा छ, यि र यस्तै कार्यक्रमका आधारमा काठमाण्डौं महानगरपालिका संग मिलेर सहकार्य गर्दै आर्थिक क्रियाकलाप चलायमान गर्न सहयोगका नब आयामको शुरुवाट छिटो हुनेछ ।धन्यबाद,
दिनेश श्रेष्ठ
अध्यक्ष,
नेपाल उद्योग बाणिज्य संघ काठमाण्डौ,
कान्तिपथ, काठमाण्डौ ।
मिति : २०८१ । ०२ । ३१
FACEBOOK COMMENTS