काठमाडौँ । टी–२० विश्वकप क्रिकेटमा बंगलादेशले नेपालसामु १०७ रनको लक्ष्य प्रस्तुत गरेको छ । बंगलादेशले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १०६ रन बनाएको हो ।
रन आउट हुनअघि मोहम्मदुल्लाहले १३ बलमा १३ रन बनाएका थिए । रिसाद होसेनले ७ बलमा १३ रन बनाए । उनले १ चौका र १ छक्का प्रहार गरे । जाकेर अलीले २६ बलमा १२ रन जोडे । तास्किन अहमदले १२ रन तथा ओपनर लिट्टन दासले १२ बलमा १० रनको योगदान दिए ।
नेपाली बलर सन्दीप लामिछानेले टी–२० अन्तर्राष्ट्रियमा कीर्तिमानी १ सयौँ विकेट पूरा गरेका छन् । अफगानिस्तानका रासिद खानपछि उनले सबैभन्दा चाँडो यो उपलब्धि हासिल गरेका हुन् ।
४ ओभर बलिङ गर्दै सन्दीपले २ विकेट लिए । यस क्रममा उनले एक मेडेन राख्दै मात्र १७ रन खर्चिए । कप्तान रोहित पौडेलले पनि ४ ओभर बलिङ गर्दै २ विकेट हात पारे । दीपेन्द्र सिंह ऐरीले ३.२ ओभर बलिङ गर्दै २ विकेट लिए । उनले मात्र २२ रन खर्च गरे ।
सोमपाल कामीले खेलको पहिलो बलमा नै विकेट लिएका थिए । उनले ३ ओभर बलिङ गर्दै २ विकेट लिए ।
FACEBOOK COMMENTS