काठमाडौं, चैत १९- सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड रुपैयाँ सहयोग उपलब्ध गराएका छन् । उनले हिमानी कोषमार्फत सरकारको कोषमा सहयोग रकम उपलब्ध गराएका हुन ।
पूर्व राजा ज्ञानेन्द्र शाहले एक विज्ञप्ति जारी गर्दै सो रकम सहयोग गर्ने घोषणा गरेका हुन् । दुःख कष्ट र आपत विपदको घडीमा सबैका साथमा साथ दिँदै आफ्नो तर्फबाट सहयोग गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । पूर्वराजा ज्ञानेन्द्रले कोरोना संक्रमण नियन्त्रणका लागि सबैले आ–आफ्नो ठाँउ र क्षमतावाट केही न केही योगदान पु(याउनु अनिवार्य भइसकेको पनि बताएका छन ।
उनले लकडाउन नै बाध्यात्मक अनिवार्यता भएको बताउँदै यसको पालनामा गैरजिम्मेवार हुने छुट कसैलाई नभएको पनि स्पष्ट पारेका छन् । विज्ञप्तिमा शाहले संकटमा आफा्नो ज्यानको प्रवाह नगरी अहोरोत्र सेवामा खटिने सबैप्रति आभार पनि प्रकट गरेका छन् ।
FACEBOOK COMMENTS