काठमाडौं । नागरिक लगानी कोषको २९ औं वार्षिक साधारणसभाका लागि बुक क्लोजको मिति तय गरेको छ ।
असार ३१ गतेका लागि सभा बोलाएको कम्पनीले असार २० गते बिहीबार बुक क्लोज गर्ने जनाएको छ । असार १९ गते बुधबारसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउनेछन् । सभा, त्रिभुवन आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
कोषले सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।
आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।
FACEBOOK COMMENTS