![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/Corporate-Khabar-50-399-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
ललितपुर । ललितपुर महानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षका लागि ७ अर्ब ४६ करोडको बजेट पारित गरेको छ ।
असार १० गते महानगरकी उपप्रमुख मञ्जली शाक्यले नगरसभामा प्रस्तुत गरेको बजेट सोमबार बसेको नगरसभाले बैठकले पारित गरेको हो । महानगरका सूचना अधिकारी देवप्रसाद गुरागाइँले आर्थिक वर्ष २०८१-२०८२का लागि बजेट पारित गरेको जानकारी दिए ।
महानगरको नीति तथा कार्यक्रम यस अघिको बैठकले पारित गरेको उनले बताए । महानगरका अनुसार चालु खर्चतर्फ २ अर्ब ७८ करोड ८९ लाख र पुँजीगततर्फ ४ अर्ब ६७ करोड ९४ लाख विनियोजन गरिएको छ ।
महानगर प्रमुख चिरीबाबु महर्जनले बजेटमा व्यापक छलफल गरी पारित गरेको बताए । उनले भने , ‘चरणबद्धरुपमा हामीले औपचारिक, अनौपचारिक ढंगबाट छलफल ग¥यौँ ।’महानगर प्रमुख चिरीबाबु महर्जनले आगामी आर्थिक वर्षमा महानगरले वातावरण संरक्षण,हरियाली संरक्षण, सम्पदा संरक्षणलाई प्राथमिकता दिएको जानकारी दिए ।
FACEBOOK COMMENTS