काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली निजी निवास बालकोटमा पदाधिकारीको बैठक बोलाएका छन् ।
सरकार गठबन्धनको चर्चा चुलिएको समयमा नेकपा एमाले पदाधिकारी बैठक बोलाएको छ । यो बैठकलाई सत्ता परिवर्तनसँग जोडेर हेरिएको छ ।
बालकोट निकट स्रोतका अनुसार एमाले अध्यक्ष ओलीका साथै वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्षहरु विष्णु पौडेल, रामबहादुर थापा बादल, महासचिव शंकर पोखरेल लगायत छन् ।
FACEBOOK COMMENTS