काठमाडौं, चैत २१ – विभिन्न जिल्लाका चेम्बर अफ कमर्स कोरोना भाइरस संक्रमण न्यूनिकरणका लागि नगद तथा मास्क सहयोग गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक मल्होत्रा र कार्यकारी सदस्य नवराज ढकालबाट नेपाल प्रहरी महानिरीक्षकलाई प्रहरी प्रधान कार्यालय नक्सालमा ५ हजार थान माक्स हस्तान्तरण गरिएको छ ।
त्यसै गरी गोदावरी चेम्बर अफ कमर्सले नगरपालिकाको विपत कोषमा एक टन चामलसहयोग गरेको छ ।
दाङ देउखुरीको राप्ती गाउँपालिका चेम्बर अफ कमर्सले अगलागी पिडित तारा कार्की (विष्ट) तथा रमेश कार्कीलाई नगद १३ हजार २ सय ७० रुपैया सहयोग गरेको छ ।
देवदह चेम्बर अफ कमर्सले २५ हजार ५ सय ५५ रुपैया नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
FACEBOOK COMMENTS