काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज २९ दशमलव २१ अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार २ सय ४ दशमलव ६१ विन्दुमा पुगेको छ ।आज ३ सय ३१ कम्पनीको २ करोड २ लाख ३७ हजार ७ सय ८० कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८० करोड ६९ लाख ८ हजार १ सय ४६ रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स १ दशमलव ३४ प्रतिशत, सेन्सेटिभ इन्डेक्स १ दशमलव ५३ प्रतिशत, फ्लोट इन्डेक्स १ दशमलव ४४ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ६२ प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS