मनसुनको समयमा कपडा धोएर सुकाउन निकै झन्झट हुने गर्छ ।
कपडा धोएपनि पटक पटक हुने झरीले सुकाउन पनि निकै चुनौती हुन्छ । त्यसको विकल्पमा बजारमा एलजीका बिभिन्न क्षमताका वाशर ड्रायरहरु उपलब्ध छन् । सामान्य प्रकृतिका वासिङ मेसिनले कपडा धुने मात्रै काम गर्छ, सुकाउन भने घामकै निर्भर हुनुपर्छ ।
सोही अवस्थालाई दृष्टिगत गर्दै सिजी इलोक्ट्रोनिक्सले कपडा सुकाउने सुविधा भएको एलजीको वाशर ड्रायर वासिङ मेसिन बजारमा ल्याएको छ । जुन वासिङ मेसिनले कपडा धुने मात्रै होइन, कपडालाई पुर्ण (शतप्रतिशत) रुपमा सुकाउने काम पनि गर्ने सिजी इलोक्ट्रोक्सिले जानकारी दिएको छ । नेपालमा सिजी इलोक्ट्रोनिक्स नै लाइफस् गुड अर्थात् एलजीको आधिकारीक विक्रेता हो ।
यो वाशर ड्रायर वासिङ मेसिनले दुई घण्टा भित्र कपडा धुने र सुकाउने काम गर्न सक्ने कम्पनीले जनाएको छ । न्यूनतम आठ केजीदेखि २१ केजीसम्म लुगा धुन र सुकाउन सक्ने क्षमताका वासर ड्रायर वासिङ मेसिन उपलब्ध रहेको कम्पनीको भनाइ छ । एलजीका पछिल्ला सम्पूर्ण वाशर ड्रायर वासिङ मेसिनहरु कृत्रिम बौद्धिकता अर्थात् आर्टीफिसीयल इन्टीलिजेन्स (एआई) जडित छन। नेपालमा एआई जडित वासिङ मेसिन एलजीको मात्रै भएको पनि कम्पनीले जनाएको छ ।
एआई जडित वासिङ मेसिनले बिभिन्न कपडाको प्रकार पत्ता लगाइ त्यसका लागु उपयुक्त वाश साईकल आफै चयन गरेर धुन्छ । साथै एलजीका वाशर ड्रायर वासिङ मेसिनहरुमा वाइफाइबाट कनेक्ट गरी मोबाईल एप(थिन क्यु) मार्फत जुनसुकै ठाउँबाट पनि चलाऊन सकिन्छ ।
सिजी इलोक्ट्रोनिक्सले यी वाशर ड्रायर वासिङ मेसिनहरु नेपालभर उपलब्ध भएको जानकारी दिएको छ । सिजी इलोक्ट्रोनिक्सका देशभर पाँच सय डिलर छन् । यसैगरि २५ वटा आधिकारीक सोरुमहरु छन् । साथै, भाटभाटेनी जस्ता सुपर मार्केट र बिभिन्न अनलाइन प्लाटफर्मबाट पनि एलजीका वासिङ मेसिनहरु खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।
यस्तै, ग्राहकको घरसम्म निःशुल्क ढुवानी गरेर जडान र परिक्षण समेत गरिने बताइएको छ । साथै वासिङ मेसिनमा १० बर्षको वारेन्टी समेत रहेको सिजी इलोक्ट्रोनिक्सले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS