काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने भएका छन् ।
प्रधानमन्त्री प्रचण्डले डेढ वर्षमा पाँचौँ पटक विश्वासको मत लिन लागेका छन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै विश्वासको मत लिन लागेका हुन् ।
नेपाली कांग्रेस र एमालेले असार १७ गते राति नयाँ सत्ता समीकरणका लागि सहमति गरेका थिए । दुवै ठुला दलले आलोपालो सरकारको नेतृत्व लिने गरी सरकार गठनको सहमति र निर्णय गरेका छन् ।
प्रचण्डले संविधानको धारा १०० को उपधारा (२) अनुसार विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्री प्रचण्डको पक्षमा माओवादी केन्द्र सहित राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादी पार्टी रहेका छन् ।
FACEBOOK COMMENTS