काठमाडौं । नेसनल लाइफ इन्सुरेन्स कम्पनीले लाभांस घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले २०७९–८० को नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १० दशमलव ७३७ प्रतिशत नगद गरी कुल १४ दशमलव ७३७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
नियामक बिमा समिति र कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र उक्त लाभांश वितरण हुनेछ । हाल नेसनल लाइफ इन्सुरेन्स कम्पनीको चुक्त पुँजी ५ अर्ब १ करोड १६ लाख ६६ हजार ४२५ रुपैयाँ रहेको छ । उक्त पुँजीमा ४ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको हो । बोनस वितरणपछि पुँजी ५ अर्ब २१ करोड २१ लाख ३२ हजार रुपैयाँ पुग्नेछ ।
FACEBOOK COMMENTS