काठमाडौं । सेयर बजार परिसूचक नेप्से साताको कारोबारको पहिलो दिन आज ५२ दशमलव ९७ अंकले बढेको छ ।
यो सँगै परिसूचक २ हजार २ सय ५७ दशमलव ५९ विन्दुमा पुगेको छ । आज ३ सय ९ कम्पनीको २ करोड २ लाख ४७ हजार ३ सय २७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६२ करोड ४९ लाख ८ हजार ५ सय २० रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स २ दशमलव ४० प्रतिशत, सेन्सेटिभ इन्डेक्स २ दशमलव ४४ प्रतिशत, फ्लोट इन्डेक्स २ दशमलव ५९ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स २ दशमलव ६९ प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS