कञ्चनपुर, चैत २५- नेपाल पुर्नबीमा कम्पनीको आईपीओ बुधबार बाँडफाँड हुने भएको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङका अनुसार बुधबार बिहान ७:३० बजे टेकुस्थित राष्ट्रिय वाणिज्य भवनमा आईपीओ बाँडफाँड गर्न लागेको हो ।
आरबिबि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रि प्याकुरेलले टेकु स्थिति कार्यालयमा धेरै भिडभाड नगरी आईपिओ बाँडफांड गरिने बताएका छन् । उनले बाँडफांड कार्यक्रममा आउनेले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने समेत बताएका छन् ।
कम्पनीले चैत ४ गतेदेखि एक अर्ब ६० करोड रुपैयाँ बराबर अर्थात एक करोड ६० लाख कित्ता सेयर बिक्रीमा राखेको थियो । जसमा निष्काशन गरिएको भन्दा बढी सेयरको माग भएकोले शुक्रबार अर्थात चैत ७ गते ५ बजेपछि आवेदन बन्द गरिएको थियो ।
FACEBOOK COMMENTS