काठमाडौं, चैत २५ – महानगरीय प्रहरी अपराध महाशाखाको टोलीलेशंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई पक्राउ गरेको छ । कालोबजारी गरेको आरोपमा मंगलबार नक्सालबाट उनी पक्राउ परेका हुन् ।
उनलाई ५ हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा पक्राउ गरेको प्रहरीले बताएको छ । अग्रवालको साथबाट ६६ थान थर्मल गन पनि नियन्त्रणमा लिइएको छ ।
कीर्गिस्तानमा अवैतानिक महावाणिज्य दूत समेत रहेका उनले कालोबजारी गर्ने क्रममा कूटनीतिक नियोगको गाडी प्रयोग गरेको पाइएको छ । उनको साथबाट २०९८ सीसी वान नम्बरको गाडी प्रहरीले बरामद गरेको छ ।
उनी जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक पनि हुन्।
FACEBOOK COMMENTS