तेलअभिभ, चैत २५ – कोरोना भाइरस (कोभिड- १९) का कारण समग्र विश्व समुदाय नै विविध संकटहरुसँग जुधिरहेको वर्तमान परिस्थितिमा ईजरायलमा रहेका नेपाली समुदायले सामाजिक समिती गठन गरेका छन् । उनीहरुले ईजरायलमा रहेका तमाम नेपालीहरुको सुरक्षा तथा हकहितका लागि आपसी समन्वय र सहकार्य बढाउने उद्देश्यका साथ समिती गठन गरेका हुन ।
दूतावास र ईजरायलमा क्रियाशील विभिन्न संघ संस्थाका प्रतिनिधिहरु बीच भएको छलफलको निर्णय बमोजिम गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति, ईजरायलका वरिष्ठ उपाध्यक्ष गणेश गिरीको संयोजकत्वमा समिती गठन गरिएको हो । नेपाली राजदूतावास तथा स्थापित विभिन्न संघ संस्थाहरुको प्रतिनिधित्व रहेको तदर्थ समिति १३ सदस्यीय रहेको छ ।
ईजरायलका लागि नेपाली राजदुत डा। अन्जान शाक्यले कोभिड – १९ महामारीका कारण उत्पन्न हुन सक्ने समस्याहरुको पहिचान तथा सो को निराकरणका लागि छलफल शुरु गर्न संयोजकलाई आग्रह गरेकी छिन् ।
यसै माझ, तदर्थ समितीको गठनले ईजरायलबासी सम्पूर्ण नेपालीहरुको अवस्था बारे जानकारी हासिल गर्न तथा समस्या निराकरण गर्न सहज हुने विश्वास ब्यक्त गर्दै तदर्थ समितीले प्रभावकारी ढंगले काम गर्ने सकोस् भन्ने शुभेच्छा प्रकट गर्न चाहेको स्पस्ट पारिन् ।
FACEBOOK COMMENTS