काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले)का सांसद पदम गिरीले बिजुली नपाएर उद्योग बन्द हुने अवस्था अन्त्य हुनुपर्ने बताएका छन् ।
प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा उनले बिजुली नपाएर उद्योग बन्द भएको भन्दै प्रधानमन्त्रीको निर्देशनअनुसार तत्काल विद्युत् लाइन जोड्न आवश्यक भएको बताएका हुन् ।
‘एकातिर मुलुकमा उत्पादित बिजुलीले बजार नपाउने र अर्कातर्फ विद्युत् नपाएर उद्यमीले उद्योग बन्द गर्नुपर्ने अवस्था छ । यो समस्या तत्काल समाधान गर्नुपर्छ,’ उनले भने ।
FACEBOOK COMMENTS