काठमाडौं । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने भएको छ ।
कम्पनीका संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको २९ हजार ४८३ कित्ता सेयर बिक्री खुला गरेका छन् ।
उक्त शेयर हाल बेष्टकै संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (साउन ९ गते) देखि ३५ दिनभित्र बेष्टको प्रधान कार्यालय कमलादी काठमाडौंमा निवेदन दिनुपर्नेछ ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
FACEBOOK COMMENTS