काठमाडौं । सौर्य एअरलाइन्सको जहाज दुर्घटनाबारे जानकारी लिन गृहमन्त्री रमेश लेखक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन् ।
काठमाडौँबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एअरको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ ।
चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानमा आगलागी भएको र आगलागी नियन्त्रण गर्न तीनवटै निकायका सुरक्षाकर्मी परिचालन गरिएको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए । विमानमा लागेको आगो निभाइ क्याप्टेन मनिष शाक्यको जीवीतै उद्धार गरी अस्पताल पठाइएको छ भने बाँकी १८ जनाको शव निकालेको उनले जानकारी दिएका छन् ।
त्रिभुवन विमानस्थलमा सौर्य एयरको जहाज दुर्घटना (फोटो फिचर)
जहाज दुर्घटनास्थलबाट क्याप्टेनको उद्धार
FACEBOOK COMMENTS