काठमाडौँ । सौर्य एयरको विमान दुर्घटना भएपछि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विमानस्थल १२ बजेर ५३ मिनेटदेखि सञ्चालनमा आएको हो ।
आज बिहान ११ बजे तिर काठमाडौंबाट पोखरा उड्न लागेको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै दुर्घटना भएपछि उडान तथा अवतरण प्रभावित बनेको थियो ।
कलसाइन अल्फा एमई रहेको विमान दुर्घटनामा परेको जनाइएको छ । जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।
FACEBOOK COMMENTS