काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले भदौ ७ गते वार्षिक साधारणसभा बोलाएको छ ।
साधारण प्रयोजनका लागि कम्पनीले साउन २४ गते बुक क्लोज गर्ने भएको छ । साउन २३ गतेसम्म कायम रहेका सेयरधनीले मात्र कम्पनीले तोकेको लाभांश पाउन सक्नेछन् । कम्पनीले अघिल्लो आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर सहित १०.७४ प्रतिशत नगद लाभांश दिने छ ।
सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा, नेसनल लाइफको केन्द्रीय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजे सुरु हुनेछ ।
FACEBOOK COMMENTS