काठमाडौं । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले काठमाडौं उपत्यकामा दुई वटा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ ।
कम्पनीले गौरीघाटमा रहेको सर्भिस सेन्टरलाई थप परिस्कृत गरेको छ ।
४५ हजार वर्गफिट क्षेत्रफलमा फैलिएको सर्भिस सेन्टरमा इलेक्ट्रिक भेइकलका लागि आवश्यक स्पेसलाइज्ड टुल सेटबाट सञ्चालन गर्न सकिने ८ सर्भिस बे रहेका छन् । त्यसैगरी बेजोड सर्भिस अनुभव प्रदान गर्नका लागि स्पेयर पार्ट्स वेयर हाउस रहेको छ ।
डेन्ट पेन्ट सर्भिसका लागि डेडिकेटेड स्टेसन र ग्राहकका लागि कम्फर्टेबल लाउन्ज समेत रहेको छ । यस्तै ललितपुरका लागि बीवाईडीको आधिकारिक वितरक रहेको इको ड्राइभ अटोमोबाइल्सले कुपण्डोलमा नयाँ सर्भिस सेन्टरको शुभारम्भ गरेको छ । ८ हजार ५५६ वर्गफिट क्षेत्रफलमा फैलिएको सो सर्भिस सेन्टरमा ६ सर्भिस बे रहेका छन् ।
यी मध्ये २ वटा अर्जेन्ट सर्भिसका लागि प्रयोग गर्न सकिन्छ भने ४ वटा स्पेसलाइज्ड ईभी टुल्सद्वारा सुसज्जित छन् । सो क्षेत्रका बीवाईडी ग्राहकलाई कुशल र व्यापक सेवा प्रदान गर्नका लागि सर्भिस सेन्टरमा वासिङ बे र स्पेयर पार्ट्सका लागि डेडिकेटेड वेयर हाउस रहेको छ ।
इको ड्राइभका पहिलो ग्राहक अनिल जलान र बीवाईडी डल्फिनका पहिलो ग्राहक कृष्ण उप्रेतीले सो सर्भिस सेन्टरको उद्घाटन गरेका थिए ।
FACEBOOK COMMENTS