काठमाडौं । कुमारी बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यले बुध्द एयरबाट यात्रा गर्दा टिकटमा विशेष छुट पाउने भएका छन् ।
सम्झौता अनुसार कुमारी बैंकका ग्राहक र उनीहरूको परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमान(श्रीमती र छोरा, छोरी)को लागि कुमारी बैंकको डेबिटरक्रेडिट कार्ड अथवा क्युआरबाट बुध्द एयरको काउण्टरबाट प्लेन टिकट खरिद गर्दा ८ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ । तर यसका लागि सर्तहरु लागु हुने बताइएको छ ।
यो छुट लिन ग्राहकहरुले कुमारी बैंकको डेविटरक्रेडिटरप्रिभिलेज कार्ड साथमा लानुपर्नेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।
विगत २२ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखारहित बैंकिङ इकाइहरु मार्फत आफ्ना ग्राहकलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।
FACEBOOK COMMENTS