काठमाडौं । नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिप्रति नेपालका ऊर्जा उत्पादकहरू रिसाएका छन् ।
साढे दुई दशकदेखि ऊर्जा उत्पादनमा क्रियाशील रहँदै हालसम्म २५ सय मेगावाट बराबरका १८२ आयोजना निर्माण सम्पन्न गरिसकेका ऊर्जा क्षेत्र र ऊर्जा उत्पादकहरूलाई आकर्षित र सहजीकरण गर्न कुनै पनि नीति नल्याएको भन्दै उनीहरू मौद्रिक नीतिसँग रिसाएका हुन् ।
मौद्रिक नीतिले अटोमोबाइल क्षेत्रलाई सम्बोधन नगरेको भन्दै यसअघि नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले पनि असन्तुष्टि व्यक्त गरिसकेको छ ।
निजी क्षेत्रका जलविद्युत प्रर्वद्धकहरुको साझा संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले हिजो शनिबार विज्ञप्ति जारी आफ्नो धारणा सार्वजनिक गर्दै गर्भनरकै उपस्थितिमा मौद्रिक नीतिबारे इप्पानको तर्फबाट स्पष्ट रुपमा आफ्ना मागहरु राखिएको तथा लिखित रुपमा समेत नेपाल राष्ट्र बैकलाई उपलब्ध गराए पनि मौद्रिक नीतिमार्फत निजी क्षेत्रका ऊर्जा विकासकर्तालाई कुनै पनि आकर्षित र सहजीकरण गर्ने नीति नआएको भन्दै गम्भीर आपत्ति जनाएको छ ।
‘गर्भनरकै उपस्थितिमा थापाथलीमा भएको मौद्रिक नीतिबारेको कार्यक्रममा इप्पानको तर्फबाट स्पष्ट रुपमा आफ्ना मागहरु राखिएको तथा लिखित रुपमा समेत नेपाल राष्ट्र बैकलाई उपलब्ध गराए पनि मौद्रिक नीतिमार्फत निजी क्षेत्रका ऊर्जा विकासकर्तालाई कुनै पनि आकर्षित र सहजीकरण गर्ने नीति नआएकोमा इप्पानको गम्भीर आपत्ति छ,’ विज्ञप्तिमा भनिएको छ, ‘संसदमा नीति निर्माता, प्रधानमन्त्रीदेखि मन्त्रीहरुसम्म तथा स्वयम् राष्ट्र बैंकका गर्भनरबाट समेत पटक पटक निजी क्षेत्रलाई आकर्षित गर्ने गरी निजी ल्याउने सार्वजनजिक घोषणा गरिरहँदा पनि कुनै माग सम्बोधन नहुनु यो निजी क्षेत्र विरोधी मात्र होइन, निजी क्षेत्रलाई हतोत्साहित बनाउने घोर आपत्ति रहेको हाम्रो ठहर छ ।’
हेर्नुहोस् विज्ञप्ति–
FACEBOOK COMMENTS