काठमाडौं । मौद्रिक नीतिपछि खुलेको शेयर बजारमा आज आइतबार दोस्रो पटक सर्किट ब्रेक लागिसकेको छ ।
यो अवधिमा आज सबैभन्दा धेरै बैंकिङ समूहमा वृद्धि आएको छ । नेप्सेका अनुसार दोस्रो सर्किट लाग्दासम्म बैंकिङ समूह ८.९६% ले बढेको छ ।
यसरी बैंकिङ समूहमा ८.९६% को उछाल आउँदा आज नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि), एनएमबि, प्रभु, ग्लोबल आईएमई र हिमालयन बैंक लिमिटेडका शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
यसमध्ये हिमालयन बैंकको शेयमूल्य ९.९८% र अरु सबैको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि आएको छ । यस्तै, कृषि विकास बैंक, नबिल बैंक, लक्ष्मी सनराइन बैंक र प्राइम कमर्सियल बैंकको शेयर मूल्यमा पनि ९% भन्दा धेरैको वृद्धि आएको छ ।
आजको कारोबार सुरू भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो ।
२० मिनेटपछि खुलेको बजारमा दोस्रोपटक कारोबार सुरू भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशतले बढेर पाँच प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।
कसरी हुन्छ कारोबार बन्द ?
कारोबार सुरू भएको पहिलो घण्टा अर्थात् ११ देखि १२ बजेको बीचमा ४ प्रतिशतले, दोस्रो घण्टा अर्थात् १२ देखि १ बजेको बीचमा ५ प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सो दिनमा लागि पूर्ण सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।
FACEBOOK COMMENTS