काठमाडौं । बुद्ध एअरले कुमारी बैंकका ग्राहकको परिवारलाई समेत छिकटमा छुट दिने भएको छ ।
त्यसका लागि बैंकले बुद्ध एअरसँग विशेष सम्झौता गरेको छ ।
कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई बुद्घ एयरबाट यात्रा गर्दा टिकटमा विशेष छुट प्रदान गर्न बैंक र एअरलाइन्सबीच सो सम्झौता भएको हो ।
सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा/छोरी)का लागि कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरद्वारा बुद्घ एयरको काउण्टरबाट प्लेन टिकट खरिद गर्दा ८% छुट प्राप्त गर्न सकिनेछ छ । सो छुट प्राप्त ग्राहकले केही सर्तहरु अवलम्बन गर्नुपर्ने बताइएको छ ।
सो छुट लिन ग्राहकहरुले कुमारी बैंकको डेविट/क्रेडिट/प्रिभिलेज कार्ड साथमा लानुपर्नेछ । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।
FACEBOOK COMMENTS