काठमाडौं । गत आर्थिक वर्षमा एभरेष्ट बैंकको नाफा १०.०७ प्रतिशतले बढेर ३ अर्ब ७० करोड ६ लाख ४८ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ३६ करोड २१ लाख १५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको ब्याज आम्दानी, खुद ब्याज आम्दानी, सञ्चालन नाफामा सुधार आउँदा नाफा बढेको छ ।
बैंकको खुद ब्याज आम्दानी ३.३५ प्रतिशतले बढेर ७ अर्ब ६६ करोड ५ लाख रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा १६.३१ प्रतिशतले बढेर ४ अर्ब ८१ करोड ७५ लाख रुपैयाँ रहेको छ ।
बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५१ करोड ४४ लाख रुपैयाँ रहेको छ । बैंकको लाभांश दिन सक्ने क्षमता २९.८६ प्रतिशत रहेको छ । वाणिज्य बैैंकमा सबैभन्दा धेरै लाभांश दिने क्षमता एभरेष्ट बैंकको रहेको छ ।
बैंकले २०८१ असार मसान्तसम्म २ खर्ब ३२ अर्ब ३१ करोड ६६ रुपैयाँ बराबरको निक्षेप परिचालन गरेर १ खर्ब ७९ अर्ब ६४ करोड ७७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ रहेको छ । यस्तै जगेडा कोषमा १२ अर्ब २५ करोड ८२ लाख रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी ३१.४५ रुपैयाँ, प्रति सेयर नेटवर्थ २३६.०६ रुपैयाँ र पीई रेसियो १८.२२ प्रतिशत छ ।
यस अवधिमा बैंकको निष्क्रिय कर्जा ०.७९ प्रतिशतबाट घटेर ०.७१ प्रतिशत कायम भएको छ ।
FACEBOOK COMMENTS