काठमाडौं । वैदेशिक रोजगार बचतपत्रमा न्यून आकर्षण देखिएको छ । बैंक तथा वित्तीय संस्थादेखि गैरबैंकिङ क्षेत्रको तुलनामा ब्याजदर उच्च भए पनि झन्झटिलो प्रक्रियाको कारण बचतपत्रको बिक्री लक्ष्यभन्दा धेरै कम भएको हो ।
आर्थिक वर्ष २०६६–६७ देखि २०७९–८० सम्म २५ पटक गरी १५ अर्ब ५६ करोड रूपैयाँको वैदेशिक रोजगार बचतपत्र आह्वान भएकोमा ७६ करोड २३ लाख रूपैयाँको मात्र बिक्री भएको छ । जुन लक्ष्यको ४.९ प्रतिशत मात्र हो ।
सरकारको आन्तरिक ऋण परिचालनमा योगदान पु¥याउन विगत १० वर्षदेखि वैदेशिक रोजगार बचतपत्र बिक्री गरिदै आइएको छ । विगत १० वर्षमा कुल आन्तरिक ऋणमा वैदेशिक रोजगार बचतपत्रको योगदान औसत ०.०६ प्रतिशतमात्र रहेको केन्द्रीय बैंकले गरेको अध्ययनले देखाएको छ । सरकारले बिक्री गर्ने यस्तो ऋणपत्र नबिकेपछि यसको कारण खोज्न राष्ट्र बैंकले अध्ययन गरेको थियो । सो अध्ययनका क्रममा अधिकांशले यसबारे जानकारी नै नभएको तथा झन्झटिलो भएको उल्लेख गरेको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकले गरेको अध्ययनअनुसार वैदेशिक रोजगार बचतपत्रको बिक्री एजेन्टका १६ प्रतिनिधिहरूसँग गरिएको इमेल सर्वेक्षणअनुसार ६२.५ प्रतिशतले रोजगारीमा रहेका नेपालीले वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी राखे पनि खरिदमा सक्रियता देखाउने गरेका छैनन् ।
प्रतिवेदनका अनुासर काठमाडौंस्थित विभिन्न ७० म्यानपावर कम्पनीका सञ्चालक वा प्रतिनिधिसंँग सम्पन्न टेलिफोन सर्वेक्षणअनुसार २४.३ प्रतिशतले वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी भएको र १२.८ प्रतिशतले सोधपुछ गर्ने गरेको देखाइएको छ ।
वैदेशिक रोजगार बचतपत्र खरिदमा ३९.५ प्रतिशतले पर्याप्त जानकारी नभएको, २७ प्रतिशतले खरिद प्रक्रिया झन्झटिलो भएको, १२.५ प्रतिशतले बचतपत्र खरिद गर्न रकम अभाव रहेको र बाँकी २१ प्रतिशतले प्रमाणपत्र सजिलै प्राप्त नहुने बताएका छन् ।
वैदेशिक रोजगारीबाट फर्किएका वा पुनः जान लागेका ३ सय ८५ नेपाली नागरिकसँग स्थलगत सर्वेक्षण, वैदेशिक रोजगारीमा पठाउने ७० म्यानपावर कम्पनीलाई टेलिफोन सर्वेक्षण र बचतपत्र बिक्री गर्न इजाजतपत्र प्राप्त १६ बिक्री एजेन्टसँग इमेल सर्वेक्षण गरिएको पनि केन्द्रीय बैंकको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन अनुसार करिब ३० प्रतिशत व्यक्ति पहिलो पटक वैदेशिक रोजगारीमा जान लागेका र १२.५ प्रतिशतलाई मात्र वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकार रहेको पाइएको बताएका छन् । जानकारी भएकाले पनि यस्तो बचतपत्र खरिद गरेको नदेखिएको सोही प्रतिवेदनमा उल्लेख छ । जानकारी भएर पनि खरिद नगरेका व्यक्तिमध्ये ३९.५ प्रतिशतले पर्याप्त जानकारी नभएको, २७ प्रतिशतले खरिद प्रक्रिया झन्झटिलो भएको, १२.५ प्रतिशतले बचतपत्र खरिद गर्ने रकमको अभाव रहेको र बाँकी २१ प्रतिशतले प्रमाणपत्र सजिलै प्राप्त नहुने र ब्याज प्राप्त गर्न धाउनुपर्ने कारण उल्लेख गरेको प्रतिवेदनले उजागर गरेको छ ।
बचतपत्रको बिक्री एजेन्टका १६ प्रतिनिधिहरूसँग गरिएको इमेल सर्वेक्षणअनुसार ६२.५ प्रतिशतले रोजगारीमा रहेका नेपालीले वैदेशिक रोजगार बचतपत्रको बारेमा चासो मात्रै राखेको उल्लेख छ । ७० म्यानपावर कम्पनीका सञ्चालक वा प्रतिनिधिसंँग गरिएको टेलिफोन सर्वेक्षणअनुसार २४.३ प्रतिशतले वैदेशिक रोजगार बचतपत्रको बारेमा थाहा पाएको बताएका थिए पनि १२.८ प्रतिशतले सोधपुछ गर्ने गरेको बताएका थिए ।
उक्त अध्ययन प्रतिवेदनले वैदेशिक रोजगार बचतपत्र प्रवद्र्धनका लागि नीतिगत तथा प्रक्रियागत सुधार र प्रचारप्रसारमा जोड दिनुपर्ने निस्कर्षण निकालेको छ । रोजगार बचतपत्रको अभौतिकीकरण गर्नुका साथै परिपक्व भएको सावाँ र ब्याज खरिदकर्ताको बैंक खातामा प्राप्त हुने व्यवस्था मिलाउन सके मात्रै यसमा आकषर्ण बढ्न सक्ने विषयलाई प्रतिवेदनले जोड दिएको छ ।
FACEBOOK COMMENTS