काठमाडौं, चैत ३० – मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले आइतवार पूँजीगत लाभकर अन्तर्गत बुझाउनुपर्ने बाँकी रू १४ अर्ब ३३ करोड रुपैंया ठूला कर दाता कार्यालयमा बुझाएको छ ।
कम्पनीले आइतवार विहान १० बजे रकम बुझाएको हो । गत मंगलवार एनसेलले रू ४ अर्ब ६० करोड बुझाएको थियो ।
एनसेलले गत पुस १५ गते रू ४ अर्ब ५० करोड पूँजीगत लाभकर बुझाएसँगै उसले हालसम्म तिर्नुपर्ने रू ९ अर्ब १० करोड बुझाइसकेको थियो । यससँगै एनसेलले बुझाउनुपर्ने लाभकर चुक्ता भएको छ ।
FACEBOOK COMMENTS