काठमाडौं । सेयर बजार परिसूचक नेप्से आज ८ दशमलव १८ अंकले घटेको छ ।
यो सँगै परिसूचक २ हजार ९ सय २३ दशमलव ४६ विन्दुमा पुगेको छ । आज ३ सय ३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८ सय ३२ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ५१ करोड ५० लाख १० हजार ६ सय ३३ रुपैयाँको कारोबार भएको छ ।
यस दिन नेप्से इन्डेक्स ० दशमलव २७ प्रतिशत, सेन्सेटिभ इन्डेक्स ० दशमलव २५ प्रतिशत, फ्लोट इन्डेक्स ० दशमलव २१ प्रतिशत र सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ३४ प्रतिशत गिरावट आएको छ ।
FACEBOOK COMMENTS