काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले एकै दिन १७ वटा किङ्गलङ्ग इलेक्ट्रिक भ्यान हस्तान्तरण गरेको छ ।
काठमाडौंका विभिन्न रुटहरुमा सेवा दिनेगरी विभिन्न यातायात व्यवसायीहरुलाई कम्पनीले १४ सिटर किङलङ भ्यान हस्तान्तरण गरेको हो । पानीपोखरीस्थित आफ्नो शोरुमबाट एकै दिन ती भ्यानहरू हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।
सीजी मोटर्सले यसअघि सुपर माउन्ट एभरेस्ट यातायात व्यवसायी प्रालिलाई एकैपटक २५ थान किङ्गलङ्ग भ्यान हस्तान्तरण गरेको थियो ।
कस्तो भ्यान हो किङलङ ?
किङ्गलोङ्ग १४ सिटर इलेक्ट्रिक कमर्सियल भेहिकल हो । जसमा ५०.२३ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । उक्त गाडीमा एबीएस, ईबीडी, १८० एमएम ग्राउण्ड क्लेरेन्स, १५ इन्चको टायर, रिभर्स क्यामेरा, रिभर्स क्यामेरा विथ सेन्सर, एसी जस्ता विशेषताहरू पाउन सकिन्छ भने उक्त गाडीलाई २०% बाट ८०% चार्ज गर्न मात्र ४५ मिनेट लाग्दछ ।
ग्राहकहरूको माग अनुसार किङलङको पानीपोखरी सोरुमसँगै नेपालभर थप २१ वटा सोरुमबाट सेल्स तथा सर्भिसिङको सुविधा लिन सकिनेछ । साथसाथै काठमाडौंमा तीन स्थानबाट सर्भिसिङको पनि सुविधा लिन सकिने छ । नेपालभर १८५ भन्दा धेरै स्थानहरूमा चार्जिङ सेवा दिँदै आइरहेको र थप उत्तिकै ठाउँमा चार्जिङ सुविधा बिक्रीवितरण हुने छ ।
सीजी मोटर्सद्वारा सुपर माउन्ट एभरेस्ट यातायातलाई २५ थान किङ्गलङ्ग हस्तान्तरण (फोटो फिचर)
FACEBOOK COMMENTS