जिहो–सेल्स एण्ड एक्सचेन्ज मेला शुरु
कर्पोरट खबर
12:25 pm, बुधबार, साउन ३०, २०८१
काठमाडौं – नेपालका लागि जीहो इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टरले सेल्स एन्ड एक्सचेन्ज कार्निभल सन्चालनमा ल्याउन भएको छ।
कम्पनीले नेपाली बजारमा उपलब्ध जीहो एई६ प्लसमा यो अफर ल्याएको हो । यस अनुसार नगद वा फाइनान्समा सो इलेक्ट्रिक स्कुटर खरिद गर्ने ग्राहकलाई सिधै २० हजार रुपैयाँ छुट प्रदान गरिने जनाएको छ ।
त्यसैगरी आफ्नो कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटरसँग साट्न चाहनेले थप ३० हजार रुपैयाँ एक्सचेन्ज भ्यालु पाउने छन् ।
कार्निभलमा सहभागी भएर स्कुटर किन्ने एक जना भाग्यशाली ग्राहकलाई बम्पर पुरस्कारको रुपमा दसैं सपिङ भौचरको रुपमा १५ हजार र एक जना अवलोकनकर्तालाई ५ हजार रुपैयाँ प्रदान गरिने समेत कम्पनीको भनाइ छ ।
यी सबै कार्यका लागि अन द स्पट फाइनान्सिङ र अन द स्पट भ्यालुएसन गरिने छ । काठमाडौं उपत्यकाका नक्साल नारायणचौर र झम्सिखेल ललितपुरमा रहेको शोरुममा सो कार्निभल हुनेछ । आज देखि प्रारम्भ भएको सो कार्निभल शुक्रबार सम्म चल्ने छ ।
कम्पनीले विक्रीको साथसाथै आफ्नो व्राण्डलाई बजार र ग्राहक सामु लोकप्रिय बनाई राख्न कम्पनीले बेला बेलामा सर्भिस क्याम्प सन्चालन गर्दै आएको छ । जिहो ब्राण्डका स्कुटरहरुमा मोटरमा २ वर्षको , ब्याट्रीमा ३ वर्ष र चार्जर र कन्ट्रोलरमा १ वर्षको वारेन्टी पाउन सकिने छ ।
FACEBOOK COMMENTS