काठमाडौं । नेपाली बजारमा आज (आइतबार) छापावाला सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ३ हजार रुपैयाँ बढेसँगै सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको हो।
महासंघका अनुसार आइतबार छापावाला सुनको भाउ १ लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि साउन २९ गते १ लाख ५० हजार ८ सय रुपैयाँ पुगेर सुनको मुल्ले रेकर्ड कायम गरेको थियो । शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, चाँदी आज १ हजार ८ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी १ हजार ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS