काठमाडौं,बैशाख ५ – लकडाउनका कारण प्रदेश नम्बर पाँचमा अलपत्र परेका नागरिकलाई प्रदेश सरकारले खाने बस्ने व्यवस्थासहित गन्तब्यसम्म पुर्याइदिने भएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलले शुक्रबारै सुरक्षा निकाय र स्थानीय तहहरुलाई पूर्वतिरबाट राजमार्ग हुँदै प्रदेशभित्र प्रवेश गरेका नागरिकलाई अलपत्र नपारी खाने बस्ने व्यवस्थासहितको अस्थायी क्वारेन्टाइनमा राख्न निर्देशन दिएका हुन् ।
शुक्रबार बिहान सामाजिक सञ्जाल मार्फत अपिल गर्दै मुख्यमन्त्री पोखरेलले क्वारेन्टाइनमा बसेर सहयोग गरिदिन पनि अनुरोध गरेका हुन् ।
सामाजिक सञ्जालमा मुख्यमन्त्री पोखरेलले लेखेका छन् ‘घरजान भनेर प्रदेश ५ भित्र आइपुग्नु भएका सबै प्रहरीको सहयोगमा नजिकै रहेको क्वारेन्टाइनमा गइदिनु होला। त्यहाँ खानेवस्ने व्यवस्था छ ।’
लकडाउन लम्बिएसँगै विभिन्न सहरमा रहेका मानिसहरु पैदल आफ्ना घर तर्फ लागेका छन् ।
FACEBOOK COMMENTS