काठमाडौं । आजदेखि राजधानीको काठमाडौंमा नाडा अटो शो २०२४ सुरू हुँदैछ ।
भृकुटीमण्डपमा आगामी ६ दिनसम्म संचालन हुने अटो शोमा विभिन्न ब्राण्डका कार, मोटरसाइकल तथा पार्ट पुर्जाका स्टलहरु हुनेछन् । यस्तै गाडी किनेपछि बिमा गर्न चाहिने बिमा कम्पनी, ऋण लिन चाहिने बैंकहरुले समेत अटो शोमा सहभागी जनाउनेछन् ।
अटो शोमा २४ वटा कारका ब्राण्ड, १९ वटा मोटरसाइकल तथा स्कुटरका ब्राण्डले सहभागी जनाउनेछन् । जसमा हुन्डाई, टाटा, किया, महिन्द्रा, सुजुकी, एमजी र बीवाइडी लगायत छन् ।
यस्तै १२ वटा कमर्शियल साना खाले सवारीका ब्राण्डको सहभागिता हुनेछ ।
शोमा ७ वटा बैंक तथा वित्तीय संस्था र एउटा बीमा कम्पनी अटो शोमा सहभागिता जनाउने बताइएको छ । शोको उद्घाटन आज उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गर्ने कार्यसूची रहेको छ ।
अटो शो लाई लक्षित गर्दै पछिल्लो समय विभिन्न कम्पनीले नयाँ नयाँ गाडी सार्वजनिक गरिरहेका छन् ।
FACEBOOK COMMENTS