काठमाडौं । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः टंकप्रसाद पोखरेल चयन भएका छन् ।
चेम्बर अफ कमर्सको दोस्रो अधिवेशनबाट अध्यक्षमा पोखरेलको निरन्तरतासहित नयाँ कार्यसमिति चयन भएको हो ।
अधिवेशनले आगामी ३ वर्षका लागि सर्वसम्मत रूपमा कार्यसमिति चयन गरेको हो । अधिवेशनले आगामी ३ वर्षका लागि सर्वसम्मत रूपमा कार्यसमिति चयन गरेको हो ।
लुम्बिनी प्रदेश चेम्बर अफ कमर्सको वरिष्ठ उपाध्यक्षमा श्रीधर महरा, जिल्ला नगरतर्फको उपाध्यक्षमा जेपी कँडेल, वस्तुगततर्फको उपाध्यक्षमा चन्द्रप्रकाश श्रेष्ठ एवं एसोसिएटतर्फको उपाध्यक्षमा लोकहरि श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
महासचिवमा शिव ज्ञवाली, सचिवमा अजय न्यौपाने एवं कोषाध्यक्षमा खिमबहादुर खत्री चयन भएको चेम्बर अफ कमर्सद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सदस्यहरूमा युवराज न्यौपाने, जयप्रकाश गुप्ता, कमला पराजुली, सुकदेव बेल्बासे, तेजबहादुर बुढा, नुरूद्दिन शाह, मञ्जु भुसाल, यज्ञश्वर श्रेष्ठ, शिल्पा उप्रेती, अशोक श्रेष्ठ, गणेशप्रसाद पोख्रेल, कोषबहादुर गुरूङ र शंकर गौतम चयन भएका छन् ।
FACEBOOK COMMENTS