राजन बाबु श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत (सीईओ), सिप्रदी ट्रेडिङ
उपाध्यक्ष, नाडा अटोमोबाइल एसोसिएशन अफ नेपाल
‘नाडा अटो शो, २०२४’ मा टाटाले कसरी उपस्थिति जनाउँछ ?
नाडाको अटो शो भन्नेवित्तिकै हामी अटो व्यवसायीका लागि अत्येन्तै एक्साइटमेन्टको कुरा हो । त्यसकारण यो मेला कहिले आउँछ भनेर कुरेर बसिरहेका हुन्छौँ । विगतको भन्दा थप उत्साहका साथ हामी सहभागी भएका छौँ । हाम्रो स्टलबाट ग्राहकलाई फरक अनुभूति दिलाउनेगरी हाम्रो उपस्थिति छ ।
तपाइँहरू कमर्सियल र प्यासेञ्जरमा के–के नयाँ ल्याउँदै हुनुहुन्छ ?
अहिले हामीले कमर्सियल भन्दा पनि प्यासेञ्जर भेहिकलको अधिक उपस्थितिसहित सहभागी भएका छौँ । प्यासेञ्जर भेहिकल नै हेर्न आउने ग्राहकको चाहनाबमोजिम नै हामीले यसलाई केन्द्रित गरेका हौँ । कमर्सियल भेहिकल हेर्न आउने धेरै कम हुनुहुन्छ ।
त्यसोभए प्यासेञ्जर भेहिकलमा के नयाँ ल्याउनुभएको छ ?
प्यासेञ्जर सेगमेन्टमा सबैले सर्वाधिक प्रतिक्षा गरिरहनुभएको प्रडक्ट ‘पन्च ईभी’लाई हामीले यो अटो शोमा प्रदर्शन गरेका छौँ । पन्चको बारेमा पहिल्यैदेखि धेरैले चासो लिँदै आउनुभएको छ । यो नेपालको लागि मिल्ने बनावटमा निर्माण गरिएको गाडी हो । छिमेकी मुलुक भारतमा यसको प्रयोग भइसकेको र राम्रो प्रतिक्रिया समेत पाइसकेको अवस्था छ । नेपालमा पनि ग्राहकले धेरै रुचाउनुहुनेछ भन्ने विश्वास छ । पन्च ईभी भारतमा मासिकरूपमा १८ हजार युनिटभन्दा बढी बिक्री भइरहेको छ ।
तपाइँले पन्च ईभीलाई नेपाल सुहाउँदो भनेर चित्रण गर्नुभयो, यसका विशेषताहरू के–के छन् ?
पन्च ईभी टाटाको पहिलो इलेक्ट्रिक भेहिकल प्लाटफर्ममा बनेको कार हो । त्यसकारण अरुको तुलनामा यसको प्रफमेन्स निक्कै उच्च छ । नेपालको सीटीभित्रका लागि अत्येन्तै उपयोगी हुने आकार यसको मुख्य विशेषता हो, जसले पार्किङ गर्न सहज भूमिका खेल्दछ । यो कार पुरुष र महिला दुवैका लागि आरामदायी छ । पिकअप र ग्राउण्ड क्लियरेन्स अत्येन्तै राम्रो छ । सेफ्टी ¥याङ्किङतर्फ एनक्याप फाइभ स्टार छ । यी मुख्य विशेषता हुन् । किनभने ग्राउण्ड क्लियरेन्स र पिकअप राम्रो भएका कारण यो गाडी जस्तो बोटोमा पनि जान सक्दछ । बिक्रीपछिको सेवामा हामीले किहल्यै पनि सम्झौता गरेका छैनौँ यसले गर्दा पनि टाटाका यी प्रडक्टले ग्राहकको मन जित्नेमा हामी विश्वस्त छौँ । टाटाको ईभी प्रयोग गर्ने ग्राहकले नेपालभर कुनै पनि दुःख वा झन्झट पाउने स्थिति छैन । किनभने हामीले नेपालभर फास्ट चार्जिङको सञ्जाल बनाइसकेका छौँ । ब्याट्रीका लागि हामी आफैंले रिपेयर सेन्टर बनाएका छौँ । त्यसैले टाटाको प्रडक्ट युज गर्ने ग्राहकहरू ढुक्क हुनुहुन्छ ।
पन्चमा १६–इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्स, प्रभावशाली एप्रोच, डिपार्चर र ¥याम्प–ओभर एङ्गल्स लगायतका विशेषताहरू रहेको छ । ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बूट स्पेस, फ्रङ्कमा १४ लिटरको थप स्पेस रहेको छ । त्यस्तै, टाटा पन्च ईभीमा दुईवटा ब्याट्री विकल्प छन् । गाडीमा मिड रेन्जमा २५ किलोवाट आवर र लङ रेञ्जमा ३५ किलोवाट आवरको ब्याट्री प्याक छ । यस गाडीको मोटर पावर ९० किलोवाटको रहेको छ भने डाएमेन्सन ३.८ मिटर लम्बाइ रहेको छ । त्यस्तै, फुल चार्ज रेञ्ज ४२१ किलोमिटर, चार्जिङ टाइम ५६ मिनेटमा फुल र टर्क पावर १९० एनएम रहेको छ ।
यद्यपि, रेञ्जको सन्दर्भमा अहिले हामी गाडी ल्याएर इन मार्केट टेष्ट (आईएमटी) गरिरहेका छौँ । किनभने हामी आफ्नो ग्राहकलाई झुक्याउन चाहादैनौँ । सबै टेष्ट गरेर नेपालको कन्डिसनमा कति रेञ्ज पाइरहेको छ अनिमात्र फिक्स गर्छौँ । अहिले आईएमटी भइरहेको छ । त्यसअन्तर्गत नेपालमा फरक–फरक स्थानमा सो गाडी चलाउँछौँ । त्यो सबै डाटालाई एकीकृत गरेर वास्तविक रेञ्ज निकाल्छौँ र ‘बिग एनाउन्स’ गर्छौँ । यस्तै, मूल्यका विषयमा पनि हामी वर्कआउट गरिरहेका छौँ । ग्राहकलाई मर्का नपर्नेगरी आकर्षक मूल्य निर्धारण गरी नाडा अटो शोमै घोषणा गर्ने छौँ । जुन मूल्य ल्याउनेछौँ त्यसलाई ग्राहकले सहर्ष स्वीकार गर्नुहुनेछ ।
यो त ईभीको कुरा भयो, पेट्रोल गाडीमाचाहिँ के नयाँ ल्याउनुभएको छ ?
अहिले आईसीई भेहिकलको मार्केट एकदमै मन्दीमा गइरहेको छ । सरकारको केही नीतिहरू आईसीई गाडीमैत्री नहुँदा पनि यसको मार्केट क्रमशः घट्दै गइरहेको छ । ग्राहकहरूको रुची पनि ईभीमा छ, आईसीईमा फोकस छैनन् । त्यसकारण यो नाडा अटो शोमा हामीले ईभीलाई मात्र फोकस गरेका छौँ । त्यसैले यो शोमा हामी पन्च ईभी र अहिले बजारमा राम्रो बिक्री भइरहेको टियागोलाई पनि शोकेस गरेका छौँ ।
टियागोलाई पनि थप चिनाउन चाहानुहुन्छ कि ?
हामीले धेरै सङ्ख्यामा बेचिसकेको राम्रो ईभी हो टियागो । यसलाई हाम्रा सबै ग्राहकहरूले अत्येन्तै रुचाइदिनुभएको छ । त्यसकारण पनि अझ नाडा अटो होमा राखेर यसलाई थप प्रवद्र्धन गर्ने योजना बनाएका हौँ । नाडामा राख्दा धेरै ग्राहकले गाडी हेर्ने र चिन्ने मौका पाउनुहुनेछ । अहिले मासिकरूपमा १६० देखि १७० युनिट बेचिरहेका छौँ । यो शोमा प्रदर्शन गरिसकेपछि त्यो सङ्ख्या थप बढ्ने विश्वास हामीलाई छ । समग्रमा भन्नुपर्दा सिप्रदी अर्थात् टाटाको स्टलमा आउनुहुने ग्राहकले ‘वाउ’ भनेर फर्किनुहुनेछ ।
नाडा अटो शोपछि पनि टाटाले केही नयाँ गर्दैछ कि ?
इलेक्ट्रिक भेहिकलमा हामीसँग धेरै पोर्टफोलियोहरू छन् । नेपालमा सबै वर्गका ग्राहकहरूका लागि उपयुक्त हुने गाडीहरू चाँडै नै ल्याउने योजनामा हामी छौँ । आउँदो एक वर्षको अवधिमा एसयूभी र सीयूभी क्याटेगोरीका धेरै प्रडक्टहरू हामी नेपाल ल्याउँदैछौँ । थप पढ्न यहाँ क्लिक गर्नुहोस्–
भिडिओ हेर्नुहोस्–
FACEBOOK COMMENTS