काठमाडौं । नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक फोनपेले देशभरका व्यवसायहरूलाई आफ्नो पहिलो भुक्तानी (जसलाई चलनचल्तीको भाषामा ‘बोहनी’ भनिन्छ) फोनपे क्यूआरमार्फत स्विकार्न प्रेरित गर्ने उद्देश्यले ‘बोहनी फोनपे क्यूआरबाटै’ भन्ने पहलको सुरूआत गरेको छ ।
यस पहलले बिहानको पहिलो भुक्तानी नगदमा मात्र स्वीकार गर्ने परम्परालाई चुनौती दिँदै डिजिटल भुक्तानीको सहजतालाई स्वीकार गर्न अभिप्रेरित गर्ने विश्वास गरिएको छ । फोनपे क्यूआरमार्फत बोहनी स्वीकार गर्दा व्यवसायीहरूले बिहानको समयमा स-साना रकमको समस्याबाट मुक्ति पाउनुका साथै उधारो दिनुपर्ने अवस्थालाई सजिलै टार्न पनि सक्नेछन् ।
अभियानमा सहभागी हुन व्यवसायीहरूले फोनपे बिजनेस एपमा लगइन गरेर सहभागिता स्वीकार गर्नुपर्नेछ र अभियान अवधिमा फोनपे क्यूआरमार्फत भुक्तानी लिएको हुनुपर्नेछ । यस अभियानअन्तर्गत एक भाग्यशाली व्यवसायीले नयाँ ईभी स्कुटर जित्ने अवसर पनि प्राप्त गर्नेछन् ।
फोनपेका चिफ बिजनेस अफिसर सुमित दासले भने, ‘यस पहलको आशय भनेको हाम्रा व्यवसायीहरूलाई डिजिटल भुक्तानीलाई आफ्नो दैनिक व्यावसायिक कार्यहरूमा समाहित गर्न अझ बढी प्रोत्साहन गर्नु हो । हामी व्यवसायीहरूलाई पारम्परिक बोहनी नगदमा स्वीकार गर्ने तरिकालाई त्यागेर फोनपे क्यूआर अपनाउन प्रोत्साहित गर्दछौं, जसबाट व्यवसायहरूले अझ बढी सुविधा, न्यूनतम जोखिम र उच्च व्यावसायिक दक्षताको अनुभव गर्न सक्नेछन् ।’
२० लाखभन्दा बढी ग्राहक र नेपालभर १४ लाखभन्दा बढी व्यवसायहरूमा फोनपे क्यूआर स्ट्यान्डीहरू तैनाथ भइसकेको अवस्थामा फोनपेले आफ्नो डिजिटल भुक्तानी नेटवर्कलाई विस्तार गर्दै देशभरका व्यवसायहरूलाई सुरक्षित, छिटो र सुविधाजनक भुक्तानी समाधानहरूको लाभ प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
फोनपेबारे
फोनपे नेपाल राष्ट्र बैंकद्वारा इजाजतपत्र प्राप्त र नियमन गरिएको नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालक हो । एफ वान सफ्ट समूहको सहायक कम्पनी फोनपे एक आईएसओ २७००१:२०१३ प्रमाणित कम्पनी हो ।
फोनपेले बैंक तथा वालेटका ग्राहकहरूका साथै व्यवसायहरूलाई छिटो, सुरक्षित र भरपर्दो डिजिटल नगदरहित भुक्तानी सेवाहरू दिँदै नगदरहित अर्थतन्त्रमा योगदान पुर्याउन सक्रिय प्रयासहरू गर्दै आएको छ । फोनपे भुक्तानी प्रणालीको पहुँचलाई फराकिलो बनाउन, सञ्चालनमा थप दक्षता हासिल गर्दै प्रविधिको प्रयोगमार्फत मोबाइल भुक्तानी नेटवर्कमा नयाँ आविष्कारहरू ल्याउनमा केन्द्रित छ ।
FACEBOOK COMMENTS