काठमाडौं । अटो व्यवसाय क्षेत्रको कुम्भमेलाका रूपमा लिइने ‘नाडा अटो शो’ को १६औं संस्करण आइतबार सकिएको छ ।
भदौ ११ गते मंगलबारदेखि राजधानी काठमाडौंको भृकुटीमण्डपमा ६ दिनसम्म विभिन्न कम्पनीका विभिन्न मोडलका गाडी प्रदर्शन गर्दै नाडा अटो शो सकिएको हो ।
नाडा अटो शो समापन समरोहलाई सम्बोधन गर्दै नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले शो अवलोकनमा उत्साहजनक सहभागिता रहेको भन्दै खुसी व्यक्त गरे । ६ दिनको अवधिमा ७४ हजार बढीले नाडा अटो शो अवलोकन गरेको पनि उनले जानकारी दिए ।
यद्यपि, अटोमोबाइल्स क्षेत्र मारमा रहेकाे भन्दै उनले आफूहरूले सरकारसमक्ष गरेका माग कति सम्बोधन हुन्छन् भन्ने कुराले यस वर्षको नाडा अटो शोको सफलता मापन गर्ने बताए ।
अध्यक्ष चौधरीले अटोमोबाइल्स क्षेत्रमा रहेको संकटका कारण सोचेअनुसार लगानी गर्न नसकिएको पनि बताए ।
उनले सबैभन्दा ठूलो पर्व दशैंलाई मान्ने गरिए पनि आफू अटोमोबाइल्स क्षेत्रमा आएपछि नाटा अटो शो नै सबैभन्दा ठूलो दशैं महसुस हुने गरेको बताए ।
उनले आगामी वर्ष नाडा अटो शोलाई ‘नेक्स्ट लेभल’ को बनाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
हेर्नुहाेस् भिडिओ-
FACEBOOK COMMENTS